काठमाडौं, १९ बैशाख । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस काठमाडौंले आगामी बैशाख २३ गते चुनावी सभा गर्ने भएको छ ।
आज बसेको काठमाडौं जिल्ला कार्य समितिको भेलाले काठमाडौंको रत्नपार्क शान्ति बाटिकामा दिउँसो १ बजे चुनावी सभा गर्ने निर्णय गरेको हो ।
आजको भेलामा कांग्रेस नेता प्रकाशमान सिंह, महामन्त्री गगन कुमार थापा, जिल्ला सभापति सबुज बानियाँलगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।