Logo

२५ बर्षिय युवाको उम्मेदवारी फिर्ता



ललितपुर, २० पैसा । सत्तारुढ दल नेकपा (माओबादी केन्द्र)को वडा नम्बर ३ इमाडोल क्षेत्रबाट वडा सदस्यमा उम्मेदवारी दिएका युवा समाजसेवी आशिष केसीले उम्मेदवारी फिर्ता लिएका छन ।

महालक्ष्मी नगरपालिकामा नेपाली काङ्ग्रेस र माओबादी केन्द्रबिचको गठबन्धन चित्तबुझ्दो नभएको भन्दै उनले उम्मेदवारी फिर्ता लिएको बताए ।

आफ्नो उम्मेदवारी दर्ता पश्चात् आफुले चुनाब जित्नेमा ढुक्क देखिएका केसीले गठबन्धनमा देखिएको भाडभैलोले गर्दा आफ्नो इमेज समेत धुमिल हुनसक्ने तर्फ सचेत हुँदै उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् ।

आफुले उम्मेदवारीबाट हात झिकेपछी अब कुन उम्मेदवारलाई साथ दिने भन्नेमा केही दिनभित्रै उपयुक्त निर्णय लिने भन्दै अहिलेलाई तटस्थ रहने समेत उनले बताएका छन ।



प्रतिक्रिया दिनुहोस्