Logo

एआइजी सहकुल थापा काममा फर्किए



काठमाडौं, २० वैशाख । नेपाल प्रहरीका एआइजी सहकुल थापा काममा फर्किएका छन् । उनी अदालत नजाने निर्णयमा पुगेर काममा फर्किएका हुन् ।

आइजीपी धीरज प्रताप सिंहको बढुवाप्रति असन्तुष्ट बनेपनि एआइजी सहकुल थापा अदालत नजाने निर्णयमा पुगेका हुन् ।

तर, एआइजी विश्वराज पोखरेल सिंहको बढुवामा वरिष्ठता मिचिएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । उनको मुद्या दर्ता भई बुधबारका लागि सुनुवाई तोकिएको छ ।

एआइजीका रुपमा आफ्नो ब्याचीमध्ये विश्वराज पोखरेल पहिलो, सहकुल थापा दोस्रो र धीरजप्रताप सिंह तेस्रो वरियतामा थिए । सरकारले आइतबारको मन्त्रिपरिषद्को बैठकबाट सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्