Logo

विप्लवलाई महासचिवबाट हटाएको बास्तोला समूहको घोषणासँगै नेकपा फुट्यो



काठमाडौं, २१ वैशाख । नेपाल कम्युनिस्ट पार्टी फुटेको छ । विप्लव समूहका रुपमा परिचित नेकपामा चुनावको विषयले फुट आएको हो ।

विप्लवले सुरुमा धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टी सदस्यता समेत नरहने गरी निष्काशन गरेका छन् । बास्तोला समूहले पनि विप्लवलाई महासचिवबाट हटाउने घोषणा गरेको छ ।

चितवनमा सुरु भएको केन्द्रीय समिति बैठकले विप्लवलाई सिद्धान्तबाट विचलित भएको आरोप लगाउँदै निष्काशन गरेको बास्तोला समूहले भनेको छ । उक्त समूहले विप्लवलाई क्रान्तिलाई धोका दिएको आरोप समेत लगाएको छ ।

विप्लव समूहमा बास्तोला र वलीले चुनावमा भाग लिन नहुने अडान राखेका थिए । तर, विप्लवले भने चुनावलाई प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए । यही विषयले विवाद बढेर विप्लव समूह फुटेको छ ।



प्रतिक्रिया दिनुहोस्