Logo

पुल्चोकबाट रथ तान्न सुरु (फोटोफिचर)



काठमाडौं, २१ बैशाख । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज (बुधबार) पुल्चोकबाट मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको छ। चार दिन पहिले रथारोहण भएपछि आज रथलाई तानेर गाबहाल लैजाने साइत अनुसार आज अपरान्ह रथ तानिएको हो।

उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ। आज रथलाई तानेर गाबहाल पुर्‍याइने छ । भोलि गाबहालमा भुजा जात्रा (मुख्य जात्रा) गरेपछि साँझ तानेर मङ्गल बजार आसपास पुर्‍याइनेछ।

मच्छिन्द्रनाथलाई पुल्चोकबाट तानेर पाटनका विभिन्न स्थान हुँदै जावलाखेलसम्मको यात्रालाई त्रिलोक भ्रमण भन्ने गरिन्छ। मच्छिन्द्रनाथको यो यात्रा गुरू बन्धुदत्त बज्राचार्यको स्मरणमा हुने गरेको मानिन्छ।

यो रथयात्रालाई मच्छिन्द्रनाथको स्वर्गलोकको भ्रमणतुल्य मानिन्छ। ललितपुरवासीले विशेष महत्वका साथ मनाउने जात्रामा परम्परादेखि नै काठमाडौं र भक्तपुरवासीको पनि सहभागिता रहँदै आएको छ। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्