Logo

तालिवानद्वारा महिलालाई चालक लाइसेन्समा रोक



एजेन्सी, २२ वैशाख । अफगानिस्तानमा सत्ता चलाइरहेको तालिवानले महिलालाई चालक लाइसेन्स दिन रोक लगाएको छ । काबुलसहित अन्य प्रान्तहरुमा चालक लाइसेन्समाथि रोक लगाएको हो ।

तालिवानले सत्ता कब्जा गर्नुअघि अफगानिस्तानमा महिलाहरु गाडी चलाइरहेको देख्न सकिन्थ्यो । अहिले लाइसेन्समाथि नै रोक लगाइदिएको छ ।

महिलाप्रति तालिवान कठोर बन्दै आएको छ । उनीहरुले ६ कक्षामाथिको छात्रा विद्यालय नै बन्द गराएका छन् । महिलाहरु घरमै बस्न वाध्य छन् । कतिपयको बाल्यकालमै विवाह हुन थालेको छ । बाबुआमाले छोरीहरु विक्री गरेको खबरहरु आइरहेको छ ।

मुस्लिम अतिवादी संगठन तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेपछि त्यहाँ महिलाको मानवअधिकार हननका गम्भीर घटनाहरु भइरहेका छन् । यसतर्फ मानवअधिकारवादी र विश्व समुदायले गम्भीर चिन्ता प्रकट गर्दै आएको छ ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्