Logo

धनकुटामा कुन दल कति बलियो ?



काठमाडौं, २३ वैशाख । प्रदेश १ को धनकुटा राजनीतिक रुपमा निकै महत्व बोकेको जिल्ला हो । धनकुटालाई राजनीतिक भूगोल बनाएर सूर्यबहादुर थापा पटक पटक देशको प्रधानमन्त्री बनेका थिए । अहिले उनका छोरा सुनिलबहादुर थापा राष्ट्रिय प्रजातन्त्र हुँदै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् ।

थापा परिवारको प्रभाव क्षेत्र मानिएको धनकुटामा स्थानीय चुनावमा काँग्रेसको परीक्षण हुँदैछ । सुनिलबहादुर थापा काँग्रेस गएपछि पहिलोपटक स्थानीय चुनावबाट परीक्षण हुँदैछ ।

धनकुटामा २०७४ को स्थानीय चुनावमा ७ वटा पालिकामा नै नेकपा एमालेले प्रमुख र उपप्रमुख जितेको थियो । त्यतिबेला काँग्रेस, माओवादी, राप्रपा समेतको प्रतिष्पर्धामा एमालेले बाजी मारेको थियो । यसपटक राप्रपाको ठूलो शक्ति लिएर सुनिलबहादुर थापा काँग्रेसमा छन् । अर्कोतर्फ, गठबन्धन मिलेर चुनाव लड्दैछन् ।

धनकुटाको ७ वटै पालिकाहरुमा गठबन्धनबीच तालमेल मिलेको छ । ५ वर्ष अघिको मतलाई केलाउने हो भने एमालेलाई विगतमा जस्तो सबै पालिका जित्न मुश्लिक छ । एमाले फुटेर नेकपा एकीकृत समाजवादी पार्टी बनेको छ । यसको असर धनकुटामा पनि परेको छ ।

गठबन्धनको तालमेलमा तलमाथि नहुने हो र मत त्यही अनुसार जाने हो भने एमालेले धेरैवटा पालिका गुमाउनुपर्ने हुन्छ । तर, एमालेले गठबन्धनभित्रै गडबडी हुने दाबी गरिरहेको छ । एमाले फुटको असरले भने चुनावी परिणाम विगतमा भन्दा फरक आउने निश्चित जस्तै छ ।



प्रतिक्रिया दिनुहोस्