Logo

गण्डकी गाउँपालिका वडा नम्बर ४ मा नेकपा (एस) का विक्रम थापाको पल्लाभारी



काठमाडौं, २३ बैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गोरखाको गण्डकी गाउँपालिका वडा नं ४ का वडा अध्यक्षका उम्मेद्धवार बिक्रम थापाले घरदैलो अभियान सुरु गरेका छन् । ‘संसद् विघटन र भ्रस्टाचार गर्नेलाई चोट, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लाई भोट’ भन्ने नारासहित चुनावी मैदानमा छन् । थापालाई जिताउनको लागि पार्टीका गण्डकी गाउपालिका अध्यक्ष एबम जिल्ला सचिबालय सदस्य उत्तमराज पन्त सक्रियताका साथ लागेका छन् ।

पन्तले वडा नम्बर ४ मा थापाको माहोल धेरै नै राम्रो रहेको जानकारी दिए । उनकाअनुसार थापा सबैको लोकप्रिय, शिक्षित, सरल र काममा विश्वास गर्ने व्यक्ति हुन् । गोरखामा उनले युवा समाजसेवीको रुपमा राम्रो छाप छोडेका छन् । समृद्ध वडा बनाउने भीजनसहित थापा चुनावी मैदानमा छन् ।

 



प्रतिक्रिया दिनुहोस्