Logo

ओलीको नेतृत्वमा राजावादीको गठबन्धनः माधव नेपाल



काठमाडौं, २३ वैशाख । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले देशमा दुईवटा गठबन्धन रहेकोले रोज्ने समय आएको बताएका छन् । उनले वाम लोकतन्त्रवादी गठबन्धन आफूहरुको नेतृत्वमा रहेको र दक्षिणपन्थी राजावादी गठबन्धन नेकपा एमालेको नेतृत्वमा रहेको टिप्पणी गरे ।

‘देशमा दुईवटा गठबन्धन छ, एउटा वाम लोकतन्त्रवादी र अर्को दक्षिणपन्थी राजावादी ।’ गठबन्धनको चुनावी सभालाई काठमाडौंमा सम्बोधन गर्दै नेता नेपालले भने,‘अब दुईमध्ये एक रोज्ने समय आएको छ ।’

ओलीले दक्षिणपन्थी राजावादीहरुको नेतृत्व लिइसकेकाले परास्त गर्नुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी समेत ओली नेतृत्वको गठबन्धनमा रहेको नेपालको टिप्पणी थियो ।

ओली नेतृत्वको गठबन्धन विदेशीहरुको सामु लम्पसार पर्ने गरेको आरोप लगाए । उनले भने,‘बाहिर राष्ट्रवादको खोल ओढेर भित्र भित्र लम्पसारवादी देखिनेहरु ओली नेतृत्वको गठबन्धनमा सामेल भएका छन् ।’



प्रतिक्रिया दिनुहोस्