Logo

रुससँग प्रगाढ सम्बन्ध बनाए सस्तोमा ग्याँस सुनिश्चित हुने इमरान खानको टिप्पणी



एजेन्सी, २५ वैशाख । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले रुससँग प्रगाढ सम्बन्ध बनाएमा सस्तोमा ग्याँस र गहुँ सुनिश्चित हुने टिप्पणी गरेका छन् । उनले गैरआवाशीय पाकिस्तानीहरुलाई भर्चुअल सम्बोधन गर्दै रुससँग प्रगाढ सम्बन्ध बनाउनुपर्नेमा जोड दिए ।

एआरआइ न्युजका अनुसार खानले पाकिस्तानको विदेश नीति देशको स्वार्थमा केन्द्रित हुने गरी बनाइनुपर्ने बताए । उनले गैरआवाशीय पाकिस्तानीहरुले विदेशी षड्यन्त्रविरुद्ध प्रदर्शन गर्नुपर्ने समेत बताए ।

कुनै अन्य देशका लागि पाकिस्तानले आफ्नो राष्ट्रिय स्वार्थलाई बलिदान गर्न नसक्ने बताए । उनको संकेत अमेरिकातर्फ थियो ।

इमरान खानले आफूलाई अमेरिकाले सत्ताबाट हराएको आरोप लगाउँदै आएका छन् । उनी अमेरिकाको कट्टर विरोधीका रुपमा प्रस्तुत भएका छन् । खानले युक्रेनमाथि रुसले हमला गर्नु अघि त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग पनि भेटेका थिए ।



प्रतिक्रिया दिनुहोस्