Logo

स्थानीय चुनाव : बैशाख ३० गते चटयाङ्गसहित वर्षा हुने



काठमाडौं, २५ बैशाख । हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । साथै, हाल दक्षिण बंगालको खाडीमा चक्रवात “असानी“ विकसित भएको छ। उक्त प्रणाली उत्तरपश्चिम (भारत) तर्फ सर्ने क्रममा रहेको र वैशाख ३० गते (२०२२ मे १३) सम्म कमजोर अवस्थामा उत्तरी बंगालको खाडीमा रहने सम्भावना रहेको देखिन्छ ।उक्त प्रणालीको आंशिक प्रभाव नेपालमा पनि पर्न सक्ने सम्भावना देखिएको जल तथा मौसम विभागले जनाएको छ ।

२०७९ वैशाख २८ गते (बुधबार) को मौसमी अवस्था
बुधबार देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/ चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । साथै मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

२०७९ वैशाख २९ गते (विहिबार) :  देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन/चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन/ चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै तराईका भू–भागहरुमा हावाहुरीको सम्भावना पनि रहेको देखिन्छ ।

२०७९ वैशाख ३० गते (शुक्रबार) : देशभर आंशिक देखि सामान्य बदली रहने सम्भावना छ । प्रदेश १, बागमती तथा गण्डकी प्रदेशको केही स्थानहरुमा मेघ गर्जन ÷ चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ । साथै मधेश, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघ गर्जन ÷ चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

२०७९ वैशाख ३१ गते (शनिवार) : देशको प्रदेश १, बागमती प्रदेश, मधेश प्रदेश तथा गण्डकी प्रदेशका आंशिक देखि सामान्य बदली रहने तथा बाँकी प्रदेशहरुमा आंशिक बदली रहने सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको संभावना रहेको छ। साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका एक वा दूई स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यो मौसमी प्रणालीका कारण निर्वाचन अवधिमा पर्न सक्ने असर र प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्