Logo

देशले निकास नपाएसम्म गठबन्धन कायमै हुन्छ : गुरुङ



बैशाख २६ पर्वत । पर्वतको कुश्मा नगरपालिका ८ चुवामा तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । गुरुङ केन्द्रिय अध्यक्ष बनेकोमा नेपाली काँग्रेस वडा कार्यासमिति चुवाले सम्मान सहित बधाई ज्ञापन गरेको हो ।

पर्वतमा लामो समय सम्म राजनीति गर्दै तरुण दलको जिल्ला अध्यक्ष, केन्द्रिय कोषाध्यक्ष हुँदै हाल तरुणको अध्यक्ष बनेकोमा नेपाली काँगे्रस चुवाले सम्मान सहित बधाई दिएको हो ।

नेपाली काँग्रेस कुश्मा नगरपालिका ८ चुवाका सभापति लक्ष्मण पौडेलको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी समेत रहेका तरुण दलका अध्यक्ष गुरुङले गठबन्धनको आयू लामो हुने बताए । उनले देशलाई संकटबाट जोगाउन, संविधानको रक्षा गर्न, देशको लोकतन्त्र जोगाउन गठबन्धन बनेको बताउँदै यसको आयू लामो हुने बताएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली निरकुंश बन्न थालेपछि गठबन्धन बनेको कुरालाई पाँच दलले बुझेको बताउँदै गुरुङले गठबन्धन विशेष परिस्थितीले बनेको बताए ।

स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उहाँले नेपाली काँग्रेस र तरुणदलका कार्यकर्तालाई आव्हान गरे । गठबन्धनले हा¥यो भने देशले हार्छ भन्ने कुरा सबैले बुझिसकेको गुरुङले बताए ।

ओली सरकार हुँदा कोभिडका विरामीहरुले सिटामोल समेत खान नपाएको स्थिती रहेको र काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि खोप अभियानले तिब्रता पाएको उनले स्मरण गराऐ ।

कोरोनाको बेला औषधीमै कमिसन खाने काम गरेको भन्दै उनले एमाले नेतृत्वको आलोचना गरे । तरुण दलका अध्यक्ष गुरुङले नेपाली काँग्रेसको नेतृत्वमा रहेको सरकार लाई सफल बनाउने काममा जुट्न काँग्रेसका कार्यकर्ताहरुलाई आग्रह गरे । पर्वतका सातै पालिका र ६१ वडा मात्रै नभै देशभरीका सबै पालिका र वडामा गठबन्धनलाई जिताउनका लागि तरुण दलले रचनात्मक भूमिका खेल्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति डा.चुडामणी शर्मा, क्षेत्रीय सभापति राजकुमार क्षेत्री, चुवाका वडाध्यक्षका उम्मेदवार सुरेन्द्र केसी, नेपाली काँग्रेस चुवाका सहसचिव राजेश शर्मा, कार्यक्रम मुल संयोजक देविप्रसाद पोखरेल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव ज्ञानेन्द्र केसीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्