काठमाडौं, २६ बैशाख । जिम्बावे ‘ए’ले नेपाललाई जितका लागि २१४ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको एक दिवसीय श्रृंखलाको अन्तिम तेस्रो खेलमा जिम्बावे ‘ए’ले नेपाललाई २१४ लक्ष्यको चुनौती दिएको हो ।
टस हारेर पहिले ब्याटीङ गरेको जिम्बावेले ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनाएको हो । नेपालका किशवर महतोले सर्वाधिक ५ विकेट लिए भने जिम्बावेका लागि टाडिवानासेले अर्धशतक प्रहार गरे ।
नेपालले पाँचौ ओभरको दोस्रो बलमा पहिलो सफलता हात पारेको हो भने जिम्बावे का इनोसेन्ट काया १२ रन बनाएर किशोर महतोको बलमा क्याच आउट भए ।
त्यस्तै, ११औं ओभरको अन्तिम टाडिवान्से मारुमानीलाई ५० रनको अर्धशतकिय पारी खेलेर आउट भए ।
जिम्बावेका लागि टाडीवानाशे मारुमानीले सर्वाधिक ५० रनको योगदान दिए भने कुड्जाई मौन्जेले ३९ रन जोडे । त्यसैगरी रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, सेफासले १६, इनोसेन्ट कियाले १२ तथा लुक जोग्वी १९ रन जोडे ।
बलिङतर्फ नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिए भने सोमपाल कामीले दुई विकेट झारे । त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले समान एक÷ एक विकेट हात पारे । नेपाल अहिले जवाफी व्याटिङमा उत्रेको छ ।