Logo

सुरक्षामा खटिएका म्यादी प्रहरीलाई उपचारको लागि काठमाडौं ल्याइयो



काठमाडौं, २६ बैशाख । गोरखामा बिरामी परेका एक म्यादी प्रहरीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ। चुमनुब्री गाउँपालिका–३ पाङसिङमा खटिएका म्यादी प्रहरी बेलबहादुर घले बिरामी परेपछि काठमाडौं ल्याइएको हो ।

५१ वर्षीय घले २ दिन हिडेर मतदान स्थल पुगेका प्रहरीले जनाएको छ। घलेलाई पेट दुख्ने समस्या देखापरेपछि स्थानीय स्वास्थ्य चौकीमा लगिएपनि त्यहाँ उनको उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरले काठमाडौं ल्याइएको हो । उनको घर गोरखा कै धार्चे गाउँपालिका हो ।



प्रतिक्रिया दिनुहोस्