Logo

आज चुनाव प्रचारप्रसारको अन्तिम दिन



काठमाडौं, बैशाख २७ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि मत माग्ने आज अन्तिम दिन हो । आज मध्य रातीबाट मौन अवधि शुरू हुँदैछ ।

लामो समयदेखि निर्वाचन केन्द्रित सभा, सम्मेलन गर्दै आएका राजनीतिक दलहरुले आज अन्तिम दिन चुनावी सभाको तयारी गरेका छन् । मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा(सम्मेलन, कार्यशाला, गोष्ठी गर्न लगायतका कार्य निशेष गरिएको छ ।

मौन अवधिमा मदिरा विक्रि वितरणमा समेत प्रतिबन्ध लगाईएको छ । त्यस्तै, मतदानस्थल वरिपरि चुनाव केन्द्रित प्रचार(प्रसार राख्न नपाउँने, उम्मेदवारलाई फेसबुक, ट्वीटर, टिकटकलगायत समाजिक सञ्जाल प्रयोगमा कडाई लगायतका आचारसंहिताविपरीतका कार्यमा रोक लगाइने छ ।



प्रतिक्रिया दिनुहोस्