Logo

फोहोरमा संगठित माफियालाई सरकारको आशीर्वाद छः केशव स्थापित



काठमाडौं, २७ वैशाख । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकामा मेयरका उम्मेदवार केशव स्थापितले फोहोरमा संगठित माफियालाई सरकारको आशीर्वाद रहेको आरोप लगाएका छन् ।
हिजो राति प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै स्थापितले भने, “काठमाडौं उपत्यकाको फोहोरमा संगठित माफिया छ, त्यसलाई सरकारको आशीर्वाद प्राप्त छ । मैले २५ वर्ष अघि कीर्तिपुर नगरपालिकासँग दुई सय रोपनी जग्गा मागेको थिएँ । नगरपालिका तयार पनि भयो । त्यसलाई स्थानीय विकास मत्री रामचन्द्र पौडेलले अड्काइदिए । मैले गिरिजाप्रसाद कोइरालालाई गुहारेपछि उनले पौडेललाई मन्त्रीबाट हटाइदिए ।”
फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने कुरा राष्ट्रिय लगानी बोर्डमा अड्किएको पनि स्थापितले आरोप लगाए । उनले भने, “फोहोर जटिल समस्या होइन । तर हामीले जटिल बनाइरहेका हौं । हामी फोहोर गर्ने अन्यत्र लगेर फाली रोग फैलाउनु अपराध हो । बन्चरेडाँडामा लाखौं टन मल भैसक्यो । त्यसमा हामीले सोच्ने बेला भयो । अब उपत्यका विकास प्राधिकरणलाई उपत्यकाका मेयरअन्तर्गत ल्याउनुपर्छ । त्यसमा मेयरको भन्दा बढी अधिकार छ । त्यसबाट हामीले फोहोर व्यवस्थापनमा पनि धेरै काम गर्न सक्छौं ।”



प्रतिक्रिया दिनुहोस्