Logo

घरदैलोको क्रममा वडाध्यक्षका उम्मेदवारको मृत्यु



काठमाडौं, २७ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि वडाध्यक्षका उम्मेदवारको घरदैलोको क्रममा मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१७ मा नेकपा (एमाले)बाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएको हो ।

चुनावी प्रचार प्रसारको क्रममा स्वास्थ्यमा अचानक समस्या आएपछि ५४ वर्षीय चौधरीलाई नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । नेपालगञ्जमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं ल्याइएको थियो ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उनको फोक्सोमा समस्या देखिएको जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्