Logo

माधव नेपालले गौरको कन्या विद्यालयमा मतदान गर्ने



काठमाडौं, २९ वैशाख । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहटको गौरस्थित कन्या प्राथमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्ने भएका छन् । उनले गौर १ भन्सार बजार नजिकैको उक्त मतदान केन्द्रमा मतदान गर्ने नेकपा एस केन्द्रीय प्रचार विभागले जनाएको छ ।

माधव नेपालको गृहजिल्ला रौतहट हो । उनी विगतमा रौतहटबाट निर्वाचित समेत भएका थिए । पछिल्लो समय नेपालले काठमाडौंलाई निर्वाचन क्षेत्र बनाउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्