Logo

अहिलेसम्म धेरै पालिका जित्नेमा एमाले पहिलो, कांग्रेस दोस्रो (कसको के छ अवस्था)



काठमाडौं, ३१ बैशाख। हिजो (शुक्रबार) भएको स्थानीय तहको निर्वाचनको मतपरीणाम धमाधम आउन थालेको छ । अहिलेसम्म सबैभन्दा धेरै पालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा (एमाले) का उम्मेद्धवार विजयी भएका छन् । उसले ५ पालिकामा प्रमुख र ३ उपप्रमुख हात पारेको छ ।

उता, दोस्रोमा भने नेपाली कांग्रेस रहेको छ । उसले ४ प्रमुख र ३ उपप्रमुख जितेको छ । माओवादी केन्द्रले भने प्रमुखमा अहिलेसम्म जित हाँसिल गर्न सकेको छैन् । उसले १ उपप्रमुख जितेको छ ।माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने २ प्रमखु र १ उपप्रमुखमा जित हाँसिल गरेको छ। जनता समाजवादी र लोकतान्त्रिक समाजवादीले पनिअहिलेसम्म खाता खोल्न सकेका छैनन् ।

अहिलेसम्मको अवस्था हेर्दा देशभरिमा सबैभन्दा धेरै पालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । उसले १०१ स्थानमा प्रमुखमा अग्रता लिएको छ भने ८२ स्थानमा उपप्रमुखमा अग्रता लिएको छ ।अग्रता कायम गर्ने दोस्रो दलमा भने एमाले रहेको छ । उसले अहिलेसम्मको अवस्थामा ६५ स्थानमा प्रमुख पदमा लिड गरेको छ भने ६६ उपप्रमुख पदमा अग्रता कायम गरकेो छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने प्रमुखमा ५० भन्दा बढि स्थानमा अग्रता कायम गरेको छ भने ४० उपप्रमुखमा अग्रता छ। नेकपा (एकीकृत समाजवादी) ले ६ प्रमुख र ४ उपप्रमुखमा अग्रता बनाएको छ। जनता समाजवादीले ४ प्रमुख र ५ उपप्रमुखमा अग्रता बनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्