काठमाडौं, १ जेठ । बालेन साहले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि अग्रता कायमै राखेका छन् । उनले पछिल्लो मतपरिणाममा ३५३२ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार बालेनलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितको १८५६ मत छ । नेपाली काँग्रेसकी सृजना सिंहको १६६८ मत छ ।
उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको ३३१७ मत छ । नेकपा एसका रामेश्वर श्रेष्ठको ९६२ र र राप्रपाकी विनिता मगैयाको ७६२ मत छ ।