
काठमाडौं, २ जेठ । ६ घण्टाको लागि लुम्बिनी भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । मोदी आजै नेपाल फर्कने कार्यक्रम छ । लुम्बिनी ओर्लिएका मोदीलाई उनका समकक्षी देउवाले स्वागत गरेका थिए ।
मोदीले आफूलाई गरेको न्यानो स्वागतको लागि देउवालाई धन्यवाद समेत भनेका छन् । उनले ट्विट गर्दै भनेका छन्–‘लुम्बिनीमा न्यानो स्वागतको लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिन चाहन्छु ।’