काठमाडौँ, २
जेठ । दुर्घटनामा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० को ४३ वर्षीया पम्फा तामाङको निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विष्णुप्रदीप बस्यालले बताए । उनका अनुसार बेत्रावतीबाट खाल्टेबगरतर्फ जाँदै गरेको बा ९६ ज २०९४ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।
उनीहरु स्थानीय निर्वाचनमा उत्तरगया गाउँपालिका–४ का विजयी वडाध्यक्षको आफन्त भएकाले बधाई दिन जाने क्रममा उक्त मोटरसाइकल उत्तरगया–५ स्थित खाल्टेबगरमा दुर्घटना भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस