Logo

चट्याङले झापामा युवाको मृत्यु



काठमाडौँ,२ जेठ । आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर हल्दिबारी गाउँपालिका–२ राइटोल निवासी २६ वर्षीय युवा भेना हास्दाको मृत्यु भएको छ ।

उनलाई राति घरबाट शौचालय जान बाहिर निस्किएको अवस्थामा चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले बताए । रासस



प्रतिक्रिया दिनुहोस्