Logo

विजय जुलुशको गाडीमा विद्युतको तार ठोक्किदा २ जनाको मृत्यु



सल्यान, २ जेठ । सल्यानमा विजयी जुलुश मनाउन जादै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनले जितेको कुमाख गाउँपालिकामा विजय जुलुश मनाउन जादै गर्दा बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

छतमा झण्डा समातेर शान्तिनगर जादै गर्दा उनीहरुलाई विद्युतको तारले छाएको हो ।

अहिलेसमम मृतकको पहिचान हुन सकेको छैन् । १० जना घाइतेहरुलाई उपचारको लागि रुकुमको चौरजहारी अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्