Logo

रेनु भन्दा विजय झिनो मतले अगाडी



भरतपुर, २ जेठ । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र सत्तारुढ गठबन्धन दलबीच कडा प्रतिस्पर्धा भइरहेको छ । पछिल्लो मतगणना अनुसार एमालेका उम्मेदवार विजय सुवेदीले ४१४८ मत प्राप्त गरेका छन् ।

सत्तागठबन्धनकी साझा उम्मेदवार रेनु दाहालले ४१४१ मत ल्याएकी छिन् । सुवेदी ७ मतले दाहालभन्दा अगाडी छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १७२१ मत ल्याएका छन् ।

उपप्रमुखमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४६७१ मतसहित अग्रस्थान मा छन् । उनलाई राप्रपाकी हिमला गुरुङले ३५५८ मत सहित पछ्याइरहेकी छिन् । उनलाई एमालेको समेत समर्थन रहेको छ ।



प्रतिक्रिया दिनुहोस्