Logo

बन्दिपुरमा १३१ मतले एमाले अगाडी, पछ्याउदै कांग्रेस



तनहुँ, ३ जेठ । तनहुँको बन्दिपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापा १३१ मतान्तरले अग्रता लिइरहेका छन् । थापाले ३०७३ मत ल्याएर पहिलो स्थानमा छन् ।

उनलाई पछ्याउदै नेपाली कांग्रेसका धुर्वलाल प्रधानले २९४२ मत ल्याएर दोस्रो स्थानमा छन् । नेकपा माओवादी केन्द्रका पुर्ण सिं थापाले २६०९ मत ल्याएर तेस्रो स्थानमा छन् । उपमेयरमा नेपाली कांग्रेसको उम्मेदवार पञ्चमाया गुरुङले २८४९ मत सहित अग्रता लिइरहेकी छिन् ।

उनलाई पछ्यादै माआवादीकी करुणा गुरुङले २८०७ मत ल्याएर दोस्रो स्थानमा छिन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार केशमाया गुरुङले १५४६ मत ल्याएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्