Logo

सर्लाहीको बरहथवा नगरपालिकाका दुई केन्द्रमा आज मतदान



सर्लाही, जेठ ३ । गत ३० वैशाखमा विवाद भएपछि स्थगित गरिएको सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई केन्द्रको मतदान सुरु भएको छ । मतदाताहरू बिहानैदेखि लाइन बसेर मतदान गरिरहेका छन् ।

जिल्ला निर्वाचन कार्यलयका अनुसार निर्वाचन आयोगले गरेको निर्णयअनुसार उक्त वडामा पुनः मतदान गरिएको हो । आयोगको निर्णयअनुसार निर्वाचन अधिकृतको कार्यलयले मंगलवार बिहान ७ बजे देखी ५ बजे सम्म मतदानको तालिका सार्वजनिक गरेको थियो ।

बरहथवा नगरपालिकाका निर्वाचन अधिकृत दशरथ पंगेनीले पुनः चलिरहेको जानकारी दिए । गत ३० वैशाख शुक्रबार मतदान सुरु भएलगतै जनता समाजवादी पार्टी (जसपा)पक्षले आफू पक्षीय मतदातालाई बिहानै मतदान गराएको र मध्यान्हबाट अन्य पार्टी पक्षीय मतदातालाई मत हाल्नै नदिएको आरोप सहित नेपाली कांग्रेस, नेकपा एमाले, जनमत पार्टी र स्वतन्त्र उम्मेद्वारले पुनः मतदानको माग गर्दै उजुरी दर्ता गराएका थिए । सोही उजुरीको आधारमा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्