Logo

सिमकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का भण्डारी विजयी



काठमाडौँ,३ जेठ । हुम्लाको सिमकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

नेकपा (माओवादी केन्द्र) का विजय भण्डारी (प्रतिरोध) ले दुई हजार ८८२ मत ल्याएर सो गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्रबहादुर शाहीले एक हजार ९६९ मत ल्याएको हो ।

यसैगरी नेपाली कांग्रेसका सुशीला रोकायाले दुई ४७४ मत ल्याएर उपाध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी प्रतिमा लामाले एक हजार ४५७ मत ल्याएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्