Logo

गोदावरी–१३ झरुवारासीको वडाध्यक्षमा भाष्कर थापा विजयी



ललितपुर, ५ जेठ । ललितपुरको गोदावरी–१३ झरुवारासीको वडाध्यक्षमा नेकपा एमालेका भाष्कर थापा निर्वाचित भएका छन् । थापाले निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पुरुषोत्तम पौडेललाई १३९ मतान्तरले पराजित गरेका हुन् ।

उनले २६ सय ९४ कुल मत खसेकोमा १ हजार ५४ मत ल्याएर दोस्रो कार्यकालको लागि विजय भएका हुन् । पौडेलले १ हजार १२ मत प्राप्त गरेका छन् ।
थापाको ५ वर्षे उत्कृष्ट कामको उच्च मुल्याङ्कन गर्दै वडा पार्टी कमिटिको बैठकले उनलाई पुनः वडाध्यक्षको रुपमा अघि सारेको थियो ।

२०५४ सालको स्थानीय निकायको निर्वाचनमा समेत तत्कालीन झरुवारासी गविसको उपाध्यक्ष निर्वाचित भएका थापा वडाको विकास र वडाबासीको जीवनस्तर सुधार लगायतका सवालमा उत्कृष्ट काम गर्दै आएका छन् । उनी निरन्तर जनता र आफ्नो क्षेत्रको विकासको काममा खटिदै आएका छन् ।

लामो समयदेखि राजनीतिमा लागेका थापाले नगरपालिकामा सामाजिक विकास समितिको संयोजक भएर काम गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्