काठमाडौं, जेठ ८ । सुनसरीको इटहरी उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल विजयी भएका छन् । एमालेका उम्मेदवार यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले हराउदै पौडेल मेयरमा निर्वाचित भएका हुन् ।
पौडेलले ३३ हजार ४९ मत ल्याएका छन् । त्यस्तै, सुब्बाले २८ हजार ३१ मत पाएका छन् । राप्रपाको आकाश लिम्बुले ३ हजार ९ सय ८ मत पाए । उपमेयरमा एमालेकी संगीताकुमारी चौधरी विजयी भएकी छन् ।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका केशवकुमार विष्टलाई हराउँदै चौधरी उपमेयरमा निर्वाचित भएकी हुन् । चौधरीले ३२ हजार ४ सय ३६ मत पाउँदा विष्टले १८ हजार ३१ मत पाए ।