Logo

एमाले झन कमजोर बन्नेवाला छ, सूर्य चिन्हको मोहभंग हुने केही समय लाग्छ : जगन्नाथ खतिवडा (भिडिओसहित)



काठमाडौं, ८ जेठ । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ पौडेलले एमाले कमजोर बनेको र आगामी दिनमा झनै कमजोर बन्नेवाला रहेको टिप्पणी गरेका छन् । उनले आफूहरुले सडकबाट माथि उठ्नको लागि विद्रोह गरेको बताए । तर, एमाले त सत्ताको सिंहासनबाट तल झरेर सडकमाट सुत्न तयार भएको पनि उनले उल्लेख गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु जनताले जहाँ राख्न चाहे त्यहीँ बस्न तयार रहेको सुनाए । उनले अहिलेको सरकार चमत्कार गर्नको लागि नबनाएको पनि स्मरण गराए । उनले सरकारले मुलकुलाई संकटबाट उद्धार गरिरहेको स्पष्ट पारे । उनले एमालेले आफ्नो शक्ति देखाउनको लागि भरमग्दुर प्रयास गरेको स्मरण गराए । उनले सूर्य चुनाव चिन्हको मोहभंग हुन केही समय लाग्ने दाबी गरे । अब क्रमशः सूर्यग्रहण लाग्ने पनि उनको टिप्पणी छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मुलुकले चमत्कार व्यक्ति नठानेको टिप्पणी गरे ।

पत्रकार धमलाले केपी शर्मा ओलीको चमत्कारी व्यक्तित्को कारण एमालेको शक्ति बढेको भनेर एमाले नेताहरु दाबी गरिरहेका छन् नि भनेर सोधेको प्रश्नमा खतिवडाले भने-“अब उहाँ चमत्कारी व्यक्ति हो वा होइन, मुलुकले अब उहाँलाई चमत्कारी व्यक्ति ठानेन, संविधानले चमत्कारी ठानेन, संविधानले त उहाँलाई यो संविधान खाने, संविधानको राक्षस ठान्यो, प्रतिगमनकारी ठान्यो, न्यायालयले त उहाँलाई यत्ति बदमास व्यक्ति देखायो कि उहाँले व्यक्तिगत स्वार्थको निम्ति संविधान दुरुपयोग गर्नुभयो भन्ने कुरा ईंगित गर्यो ।” उनले एमाले आगामी निर्वाचनमा पहिलो शक्ति बन्न नसक्ने पनि ठोकुवा गरे । उनले आफूहरुले एमालेसँग सहकार्यको लागि कुनै ईच्छा नराखेको पनि स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्