Logo

काठमाडौँ महानगरको ३१ वडामा एमालेका ढकाल निर्वाचित



काठमाडौं। काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवारले सरोज ढकाल प्रतिस्पर्धी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि पार्दैअध्यक्षमा निर्वाचित भएका छन्।

ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गरेका छन्। त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट अशोक केसी खत्री र  एमालेका हुमादेवी आचार्य निर्वाचित भएका छन्। महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात पारेकी छिन्।

दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय भएकी छिन्। हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६ र २७ को मतगणना जारी छ। कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ।



प्रतिक्रिया दिनुहोस्