काठमाडौं, जेठ ८ । परराष्ट्र मन्त्री डा.नारायण खड्का र अमेरिकाका नागरिक सुरक्षा लोकतन्त्र र मानवअधिकार सम्वन्धी उपविदेशमन्त्री उज्रा जियाबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्री खड्कालाई भेट्न जियासहितको टोलि मन्त्रालयमा पुगेको हो ।
भेटवार्तामा नेपालका लागि अमेरिकी राजदूत ¥यान्डी बेरी पनि सहभागी रहेका थिए ।
भेटमा नेपाल–अमेरिका सम्वन्ध र एमसीसीका विषयमा छलफल भएको जनाइएको छ ।
Photo : Mukunda Kalikote