काठमाडौं, ९ जेठ । सरकारले आजबाट काठमाडौं उपत्यकाको फोहोर उठाउने भएको छ ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजै साँझ ७ बजेबाट काठमाडौं उपत्यकाको फोहोर उठाउने सहमति भएको छ ।
गृहमन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि, काठमाडौं महानगरका प्रतिनिधिहरुको संयुक्त बैठकमा यस्तो सहमति भएको हो ।
झण्डै ३ महिनादेखि नियमित नउठेको फोहोर आजबाट उठ्ने भएको हो ।
नुवाकोटको सिसडोल र काठमाडौंको तारकेश्वरवासीले पासाङ ल्हामु राजमार्ग कालोपत्र गर्ने सहमति बनेको छ ।
काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।
सुरुमा सिसडोलमा २ वर्षका लागि फोहोर व्यवस्थापन गर्ने भनिए पनि १६ वर्षदेखि यो स्थानको विकल्प खोजिएको छैन ।