Logo

प्रहरीको बलमा बन्चरेडाँडामा काठमाडौंको फोहोर बिसर्जन सुरु



काठमाडौं, १० जेठ ।  बन्चरेडाँडामा बनिरहेको डम्पिङ साइटमा आजदेखि काठमाडौं उपत्यकाको फोहोर बिसर्जन सुरु भएको छ ।

आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटमा फोहोर बिसर्जन गरेको हो ।
बन्चरेडाँडाको ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गरेको यो पहिलो पटक हो ।

स्थानीय वासीहरुले विभिन्न माग राखेर बन्चरेडाँडामा हालकै अवस्थामा फोहोर बिसर्जन गर्न नदिने अडान राख्दै आएपनि बल प्रयोग गरेर भए पनि आज बन्चरेडाँडामा फोहोर बिसर्जन गरेको हो ।



प्रतिक्रिया दिनुहोस्