Logo

संसदीय सुनुवाइ समितिद्धारा राजदुतमा सिफारिस मिश्र र रायको नाम अनुमोदन



काठमाडौं, १० जेठ । संसदीय सुनुवाई समितिले २ जना राजदुतको नाम अनुमोदन गरेको छ ।

समितिले श्रीलंकाको लागि प्रस्तावित वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदुत डा.रामस्वार्थ रायको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

सरकारले नियुक्तिका लागि सिफारिस गरेका राजदुतहरुको नाम समितिले अनुमोदन गरेसँगै राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । अब मिश्र र राय दुवैको नियुक्तिको बाटो बनेको छ।

 



प्रतिक्रिया दिनुहोस्