Logo

कांग्रेस बाग्मती प्रदेशका सभापति ईन्द्र बानियाँको कमाल



काठमाडौं, १० जेठ । स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म ७५३ मध्ये ७४१ तहको परिणाम आईसकेको छ । जसमा नेपाली कांग्रेसले प्रमुख/अध्यक्षमा सबैभन्दा बढि ३२६ स्थानमा जितेको छ भने एमालेले २०५ स्थानमा जितेको छ । उता, नेकपा (माओवादी केन्द्र) ले भने १२२ स्थानमा जित हात पारेको छ । जनता समाजवादी पार्टीले ३१ र नेकपा (एकीकृत समाजवादी) ले २० जितेको छ ।

अन्यले ४७ स्थानमा जितेको छ । देशव्यापी रुपमा नेपाली कांग्रेसले राम्रो नतिजा हाँसिल गरेको छ । यसपटकको निर्वाचनमा कांग्रेसले राम्रो नतिजा ल्याएको भन्दै नेतृत्वबाट नेताहरुले प्रशंसासमेत पाईरहेका छन् । बाग्मती प्रदेशमा पनि कांग्रेसले राम्रो नतिजा हाँसिल गरेको छ।

बाग्मती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँले नेतृत्वको मन जित्नेगरि काम गरेका छन् । उनले चुनावी तालमेल पनि वस्तुगत आधारमा गरेको र सोहीअनुसार नतिजा हाँसिल भएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाले समेत प्रशंसा गरेको पाईएको छ ।

बानियाँको गृहजिल्ला मकवानपुरमा रहेको हेटौडा उपमहानगरपालिकामा पनि गठबनधनका उम्मेद्धवार विजयी भए । मेयरमा एकीकृत समाजवादीकी मिनाकुमारी लामा र उपमेयरमा राजेश बानियाँ निर्वाचित भए । गठबन्धनमा भएको तालमेलअनुसार मकवानपुरमा कांग्रेसले राम्रो नतिजा हाँसिल गरेको छ ।

०७४ को निर्वाचनमा कांग्रेसले बाग्मतीमा ३५ सिट जितेको थियो । यसपटक मकवानपुरमा ईन्द्रसरोवर र भीमफेदी गाँउपालिकाबाहेक गठबन्धनले नै जित हात पारेको छ । संगठन निर्माणमा अब्बल बानियाँ पार्टीमा जुझारु नेताको रुपमा परिचित छन् । उनी विकासप्रेमी नेताको रुपमा पनि चिनिन्छन् । बाग्मती प्रदेशका



प्रतिक्रिया दिनुहोस्