Logo

बसको ठक्करबाट एक जना प्रहरीसहित म्यादी प्रहरीको मृत्यु



झापा, जेठ ११ । यात्रुवाहक बसको ठक्करबाट एक जना प्रहरीसहित म्यादी प्रहरीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान १ ख ७१८७ नंम्बरको बसले प्रदेश १–०२०४०प ७१४९ नंम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रहरी जवान प्रकाश राई र भोजपुरको षडानन्दका म्यादी प्रहरी २६ वर्षीय जितुहाङ राई छन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्