काठमाडौं, १३ जेठ । सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम राष्ट्रिय सभाले अनुमोदन गरेको छ ।
आज बसेको राष्ट्रिय सभाको बैठकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले अनुमोदन गरेको हो ।
सभाको बैठकले पारित गर्नुअघि छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवा र कानुन मन्त्री गोविन्दप्रसाद शर्माले दिएका थिए ।
गत मंगलबार राष्ट्रपति विद्या भण्डारीले संघीय संसदको बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १५ गते दिउँसो बस्ने भएको छ।