Logo

वेपत्ता विमानबारे एसएसपी भीम ढकालले भनेः लोकेट गर्दैछौं



काठमाडौं, १५ जेठ । तारा एयरलाइन्सको वेपत्ता विमानको खोजीमा सेना र प्रहरी सक्रिय भएका छन् । विमान जोमसोम विमानस्थलको टावरसँग सम्पर्कविहिन भएको क्षेत्र पत्ता लगाएर खोजी भइरहेको हो ।

त्रीभुवन विमानस्थलका नेपाल प्रहरीका इञ्चार्ज एसएसपी भीम ढकालले विमानको खोजी भइरहेको जानकारी दिए । उनले भने,‘खोजी भइरहेको छ । विमान रहेको ठाउँ लोकेट गर्दैछौं ।’

विमान रहेको ठाउँ पत्ता लगाउन नेपाली सेनाको एमआई १७ हेलिकप्टर उडेको छ । मौसम सफा नभएकाले विमानको लोकेट गर्न कठिनाई भइरहेको बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्