Logo

बाबुरामद्वारा वृद्धभत्ता नलिने घोषणा



काठमाडौं, १५ जेठ । जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वृद्ध भत्ता नलिने घोषणा गरेका छन् । उनले वृद्धभत्ता अर्थात् सामाजिक सुरक्षा भत्ता ६८ वर्षमा दिने नीतिप्रति असन्तुष्ट व्यक्त गर्दै नलिने घोषणा गरेका हुन् ।

‘म ६८ वर्षमै वृद्धभत्ता लिएर राज्यलाई बोझ बनाउन चाहन्नँ,’ ६८ वर्ष कटिसकेका भट्टराईले भने,‘वृद्धभत्ता नलिने घोषणा गर्छु ।’

भट्टराईले पैसा छर्ने काम गरेको भन्दै असन्तुष्टि समेत जनाए । उनले सामाजिक सुरक्षामा उमेर घटाउनु ठिक नभएको बताए ।-File Photo



प्रतिक्रिया दिनुहोस्