Logo

बजेट भाषणको अन्तमा अर्थमन्त्रीले भनेः पेट्रोलियम पद्धार्थको मूल्य घटाउने व्यवस्था



काठमाडौं, १५ जेठ । अर्थमन्त्री जर्नादन शर्माले बजेट भाषणको अन्तमा पेट्रोलियम पद्धार्थको मूल्य घटाउने व्यवस्था हुने खुलासा गरेका छन् । उनले आज सदनमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि अन्तमा पेट्रोलियम पद्धार्थको मूल्य घट्ने खुलासा गरेका हुन् ।

‘पेट्रोलियम पद्धार्थको मूल्य वृद्धिको कुरा आएको छ,’ शर्माले भने,‘पेट्रोलियम पद्धार्थको मूल्य घटाउने व्यवस्था हुने जानकारी गराउँछु ।’

पेट्रोलियम पद्धार्थको मूल्य आकाशिएर सर्वसाधारणको दैनिक जीवनमा असर पुगेको चर्चा चलिरहँदा शर्माको मूल्य समायोजन हुने खुलाएका हुन् ।



प्रतिक्रिया दिनुहोस्