Logo

तारा एयरको जहाज यस्तो अवस्थामा फेला पर्यो



काठमाडौं, १६ जेठ । हिजो (आइतबार) देखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

नेपाली सेनाले उक्त दुर्घटनाग्रस्त जहाजको तस्विर सार्वजनिक गरेको छ ।

नेपाली सेनाले तारा एयरको दुर्घटनाग्रस्त जहाज फेला परेको र दुर्घटनास्थलतर्फ सेनाहरू गएको जनाएको छ ।

जहाज मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

Photo Source: Nepal Army



प्रतिक्रिया दिनुहोस्