Logo

बालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं, १६ जेठ । सत्तासाझेदार दलको गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपरान्ह ३ बजे बस्ने भएको हो ।

आजको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोचाका शीर्ष नेताहरु उपस्थित हुने जनाइएको छ।

स्थानीय तहको चुनाव र आइतबार सार्वजनिक बजेटको समीक्षा गर्न आजको बैठक बोलाइएको हो ।



प्रतिक्रिया दिनुहोस्