काठमाडौं, १६ जेठ । किशोरीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सौन्दर्य प्रतियोगिताको क्रममा सहभागी किशोरीलाई बलात्कार गरेको अभियोग लागेका पाण्डेलाई जिल्ला अदालत काठमाडौंले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
किशोरीले आफुलाई बलात्कार गरेको भिडियो सार्वजनिक गरेपछि पाण्डे गत ७ गते स्वयम्भुबाट पक्राउ परेका थिए ।
पाण्डेले २०१४ मा मिस ग्लोबाल इन्टरनेसनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिताको क्रममा प्रतियोगिताकी प्रतिस्पर्धीलाई एभरेष्ट होटलमा बलात्कार गरेको उनीमाथि आरोप लागेको छ । तर पाण्डेले भने किशोरीलाई आफुले बलात्कार नगरेको प्रहरीसँग बयानमा बताएका छन् ।