Logo

खगेन्द्र संग्रौलाले ‘मुक्तिनाथको दर्शन गर्न अन्धविश्वास’ले विमान दुर्घटनामा गोले परिवारको ज्यान गएको भनेपछि



काठमाडौं, १६ जेठ । चर्चित लेखक खगेन्द्र संग्रौलाले तारा एयरको विमान दुर्घटनामा परेका धनुषाका राजन गोलेसहित परिवार मुक्तिनाथको दर्शन गर्न अन्धविश्वासमा पर्दा ज्यान गुमाउन पुगेको टिप्पणी गरेका छन् । आज ट्वीट मार्फत् उनले व्यङ्ग्य गर्दै मुक्तिनाथको दर्शन गर्न अन्धविश्वासको पर्वत बोकेर धाउनेहरुलाई दुःखीहरुको संज्ञा समेत दिएका छन् ।

संग्रौलाले मुक्तिनाथको दर्शन अन्धविश्वास भएको र त्यसका कारण कतिपय दर्शनार्थीहरुको ज्यान गएको हेर्न परिवार र आफन्त टुलुटुलु हेर्न वाध्य भएको टिप्पणी समेत गरे । उनको यो ट्वीटलगत्तै सर्वत्र आलोचना भइरहेको छ । विमान दुर्घटनाबाट मृत्यु भएकाको परिवारको मनमा ठेग पुग्ने गरी टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमा संग्रौलाको चर्को आलोचना भइरहेको छ ।

उनले लेखेका छन्ःमुक्तिनाथकाे दर्शन गर्न उडेका धनुषाका राजन गाेले,आमा-बा,काका-काकी र मामा-माइजुले मुस्ताङमा विमान दुर्घटनामा एकबारकाे जुनी गुमाए।आफ्ना दर्शनार्थीहरूकाे ज्यान गएकाे टुलुटुलु हेर्ने अकर्मण्य मुक्तिनाथजीकाे दर्शन गर्न अन्धविश्वासकाे पर्वत बाेकेर दु:खी जन कतिन्जेल धाइरहलान् मान्यवर?



प्रतिक्रिया दिनुहोस्