Logo

इमरान खानले पाकिस्तानमा रक्तपातको खतरा औल्याएपछि…



एजेन्सी, १७ जेठ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले देशमा रक्तपातको खतरा औल्याएका छन् । उनले रक्तपातको खतरा बढेपछि आजादी मार्च को कार्यक्रम स्थगित गरेको बताए ।

डन पत्रिकाले खानको भनाई उदृत गर्दै हिंसा र अराजकताबाट सेहवाज सरिफ नेतृत्वको सरकारलाई नै फाइदा हुने भन्दै आजादी मार्च स्थगित गरिएको भनेको छ । पीटीआइका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपले ठूलै रक्तपात हुनसक्ने खानले औल्याएका छन् ।

नाइनटीटु न्यूजको अन्तवार्तामा इमरान खानले आफ्ना कार्यकर्तामाथि सुरक्षाकर्मीले गोली प्रहार गर्ने र आफ्ना कार्यकर्ताले पनि जवाफी फायर गर्ने अवस्थामा सेना र प्रहरीमाथि घृणा बढेर देशभित्र विभाजनको अवस्था बन्ने बताए । देशमा अराजकताको अवस्था आउने भन्दै आफूले रक्तपात हुन नदिन आजादीको मार्चलाई स्थगित गरेको बताए ।

खान नेतृत्वको पार्टी पीटीआइले सरकारविरोधी प्रदर्शन गर्दै आएको छ । उनले देशमा तत्काल चुनाव घोषणा गर्न माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्