Logo

तारा एयरको दुर्घटनामा परी मृत्यु भएकामध्ये बाँकी शव पनि ल्याइँदै



काठमाडौं, १७ जेठ । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएका सबै शव संकलन भएका छन् । शव संकलन भएपछि काठमाडौं ल्याइँदैछ ।

नेपाली सेनाको हेलिकप्टरबाट शव काठमाडौं ल्याइँदैछ । दुर्घटनाग्रस्त स्थानमा पुगेको हेलिकोप्टरले शव कोवाङमा ल्याएपछि सेनाको हेलिकप्टरमा राखी ल्याउदै गरिएको हो ।

तारा एयरको ट्वीनेटर विमान १५ जेठमा दुर्घटनामा परेको थियो । १६ जेठमा विमान साँढे १४ हजार फिट उचाईको डाँडोमा ठोक्किएर चकनाचुर भएको अवस्थामा फेला परेको थियो ।



प्रतिक्रिया दिनुहोस्