एजेन्सी, १८ जेठ । क्वाड्रीलेटरल सिक्योरिटी डायलग (क्वाड) का सदस्य देशहरू भारत, अमेरिका, जापान र अस्ट्रेलियाका शीर्ष नेताहरूले चीनमाथि तानाशाही प्रवृत्ति देखाएको आरोप लगाएका छन् । उनीहरुले चीनको यस्तो प्रवृत्तिलाई अराजकता भन्दै अंकुश लगाउनेबारे विचार विमर्श गरेका छन्।
हालै सम्पन्न क्वाडको शिखर सम्मेलनमा चीनको तानाशाही प्रवृत्तिलाई लिएर चिन्ता व्यक्त गर्दै त्यसमाथि अंकुश लगाउने तरीकाहरूमाथि पनि विचार विमर्श गरिएको थियो। क्वाडका शीर्ष नेताहरूले चीनद्वारा आफ्नो छिमेकी देशहरूको निम्ति समस्याहरू खड़ा गरिएको मुद्दा पनि उठाएका छ्न। सबै देशहरूले मिलेर चीनको अराजकतामाथि अंकुशको मार्ग खोज्ने निर्णय गरिएको छ। सो सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्वाडको पहलमा हिन्द(प्रशान्त क्षेत्रको अवधारणालाई प्रोत्साहन दिनुपर्ने बताए।
अमेरिकी राष्ट्रपति जो बाइडन रूस(यूक्रेन युद्धलाई लिएर पुतिनमाथि खनिएका थिए। उनले भने, पुटिनले एक संस्कृतिलाई समाप्त गर्ने प्रयास गरिरहेका छन्। यो केवल यूरोपको मुद्दा नभई वैश्विक मुद्दा हो। अस्ट्रेलियाका प्रधानमन्त्री पदको शपथ लिएर सीधा क्वाड शिखर सम्मेलनमा पुगेका एन्थनी अल्बानीजले उनको सरकार क्वाडका सदस्य देशहरूको साथ काम गर्नका लागि प्रतिबद्ध रहेको बताए।
जापानका प्रधानमन्त्री फूमियो किशिदाले आसियान, दक्षिण एशियाका साथै हिन्द प्रशान्त देशहरूको आवाजहरूलाई ध्यानले सुनी सहयोगलाई अझ् बढ़ाउन आग्रह गरे। यो सहयोग तत्कालका मुद्दाहरूलाई समाधान गर्ने अनुकूल हुनुपर्छ। आगामी क्वाड शिखर सम्मेलन आगामी वर्ष अस्ट्रेलियामा आयोजित गरिने निर्णय़ लिइयो।-File Photo: Agency