Logo

किशोरीलाई सामुहिक बलात्कार गर्ने ६ जना पक्राउ



काठमाडौं, १८ जेठ । रुपन्देहीमा बलात्कारमा सम्लग्न ६ युवालाई प्रहरीले पक्राउ गरेको छ । कन्चन गाउँपालिका रुद्रपुरका ६ युवाहरु पक्राउ परेका हुन् ।

उनीहरुमाथि १४ वर्षीया किशोरीको अपहरण गरी कन्चन–४ को रुद्रपुरमा सामुहिक बलात्कार गरेको आरोप लागेको छ ।

पक्राउ पर्नेमा निरज कार्की, राहुल सिन्जाली, सुलभ केसी, लक्ष्मी रसाईली, अमित कंडेल र सौरव थापा रहेका छन् । उनीहरु सबै जना एकै उमेरका छन् ।

सास्कृतिक कार्यक्रम हेर्न पुगेकी किशोरीलाई अपहरण गरेर बलात्कार गरेका थिए । लक्षण रसाईलीको घरमा सामुहिक बलात्कार गरेको आरोप छ ।

 



प्रतिक्रिया दिनुहोस्